Logo

कोभिड १९ विरुद्धको खोप महाकुलुङ गाउँपालिकामा सुरु


२५,फागुण–काठमाण्डौं । महाकुलुङ गाउँपालिकामा कोभिड १९ विरुद्ध नेपाल सरकारको खोप अभियान सुरु भएको छ । पालिकाले पहिलो चरणको खोप सबै वडामा सुरु गरेको हो ।

पहिलो चरणको खोप अन्र्तगत ५५ बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरुलाई खोप दिइएको छ । मंगलबार ३ नं वडा आधारभुत स्वास्थ सेवा केन्द्र पेल्माङमा नेपाल सरकारको खोप कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष प्रदीप कुलुङले आफ्नो फेसबुकबाट जानकारी गराउनु भएको छ ।

उत्साहजनक उपस्थितिमा खोप कार्यक्रम सम्पन्न भएको पनि उहाँले बताए । साथै कुनै कारण बिशेषले कसैलाई खोप छुटेमा । २०७७र११र२७ गतेका दिन महाकुलुङ प्रथामिक अस्पताल बुङमा गई सम्पर्क गरी खोप लगाउन सकिने पनि उहाँले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्