Logo

प्रचण्ड माधव सकेसम्म मिलेरै अगाडी जानेमा नेताहरुको जोड


२४,फागुण–काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सम्पन्न भएको छ । सो बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले लोकतन्त्र र स्वाधीनताको रक्षाका लागि एमाले र माओवादी केन्द्रबीचको एकता जोगाउनुपर्ने बताएका थिए ।

पन्तले फेरि पनि एकता जोगाउनको लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्नुपर्ने सुझाव दिएका थिए । यो एकता मुलुकको हीत, लोकतन्त्रको रक्षाका लागि भएको हो,’ बैठकमा आफूले राखेको धारणाबारे पन्तले जानकारी दिए, ‘संविधानको रक्षा,

देशभक्तिका लागि एकता महत्वपूर्ण थियो, यसलाई टिकाउन सकिन्छ, भंग हुन नदिने हो भने अदालतले फैसला गरेपनि पार्टीहरु आपसमा जुट्न त सक्छन्

त्यसो हुँदा अध्यक्ष प्रचण्ड र केपी ओलीले फेरि एकपटक कुरा गरेर एकताको आधारहरुलाई अगाडि बढाउन सकिन्छ भने त्यो काम गरौं । बोल्ने नेताहरुले सर्वोच्चको फैसला असामान्य र राजनीतिक उद्देश्यले प्रेरित भएर आएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्