Logo

नेकपा केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलद्वारा सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन ठाडो चुनौती


 

१४,फागुण–काठमाण्डौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन ठाडो चुनौती दिएका छन्। उनले शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै त्यस्तो कुरा बताएका हुन् । उनले हिम्मत छ भने तत्काल अश्विासको प्रस्ताव ल्याउन प्रचण्ड माभव समूहलाई ठाडो चुनौती दिएका छन् ।

अदालतको फैसलाले जनहितको काम नगरेको बताउदै अदालत केही पनि होइन त्यो भन्दा ठूलो शक्ति जनता रहेको बताएका छन । आफूहरुले अदालतको निर्णय नमान्ने,बरु संसदबाटै अविश्वासको जस्तासुकै चुनौती आएपनि सामना गर्न तयार रहेको बताए । त्यसबाट आउने परिणाम जस्तोसुकै भएपनि मान्ने तयार रहेको उनको भनाई थियो । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताए।

अविश्वास प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने उनले बताए। ओलीले पदबाट राजीनामा नदिने पनि उनले स्पष्ट पारे। संसदमा अविश्वास प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ। सडकमा भुस्याहा कुकुर जस्तो कराउनेले नारा लगाउँदैमा केपी ओली आफ्नो जिम्मेवारीबाट पछि नहट्ने पनि उनले ठोकुवा गरे ।

उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएको भन्दै आफूहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताए। सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पुर्याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने उनले टिप्पणी गरे।

 

प्रतिक्रिया दिनुहोस्