Logo

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पार्टी प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त


१४,फागुण–काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेका छन् । गुरुङ प्रचण्ड माधव खेमाका भएकाले जिम्मेवारीबाट हटाएको स्रोतले बताए ।

गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन् । सो कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् ।

ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् । तर प्रधानमन्त्रीको राजिनामाको कुरा भने अहिले सम्म पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्