Logo

काठमाण्डौं उपत्यकाको तारकेश्वर नगरपालिकामा बर्ड फ्लु पुष्टि


१४,फागुण–काठमाण्डौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा र दानाहरु नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए । संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ । अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको र केहीबेरमा बिस्तृत जानकारी सार्वजनिक गरिने पनि प्रवक्ता ढकालले बताए ।

तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताए । कुखुरापालक व्यवसायीहरु कमल गौतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालको फर्ममा पालिएको बोइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएको सापकोटाले बताए । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताए । ‘मैले पनि भर्खरै सुनेँ, पशु सेवाका साथीहरू बैठकमा छन्, केहीबेरमा पिस्तृत विवरण सार्वजनिक गर्छौं,’ प्रवक्ता घिमिरेले भने । भएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा र दानाहरु नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए ।

संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ । अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको र केहीबेरमा बिस्तृत जानकारी सार्वजनिक गरिने पनि प्रवक्ता ढकालले बताए । तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताए ।

कुखुरापालक व्यवसायीहरु कमल गौतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालको फर्ममा पालिएको बोइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएको सापकोटाले बताए । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्