Logo

तपाईहरुको आधिकारिक पार्टी कुन हो ? भन्दै जसपाद्वारा प्रचण्ड माधव समूहलाई प्रश्न


१४,फागुण–काठमाण्डौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको प्रस्ताव अन्य शक्तिसँग अघि सारेको छ। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन्। तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल–नेपाल पक्षको पार्टी कुन हो रु त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए। ‘उहाँहरू ९दाहाल–नेपाल० कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन पार्टी हो रु पार्टी सिस्टममा पार्टी चाहियो। त्यो के हो रु त्यो प्रस्ट पार्नुस् पहिले भनेर हामीले जिज्ञासा राख्यौं।

दाहाल–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ कोटेश्वर पेरिसडाँडा पुगेका थिए। श्रेष्ठले बुधबार पनि दाहाल र नेपालसँग छलफल गरेका थिए। झन्डै डेढ घण्टा छलफल चलेको थियो। पुस ५ मा आफू पक्षका सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता गरे पनि अहिले कांग्रेस, जसपा र

आफूहरूबीच सहमति भए अर्का प्रस्ताव ल्याउने पक्षमा दाहाल–नेपाल देखिएका छन्। ‘त्यस बेला त्यस्तै परिस्थिति थियो। त्यही परिस्थितिसँग जुध्न एक खाले अविश्वास प्रस्ताव दर्ता गर्ने काम भयो’ दाहाल–नेपालले भने, ‘अहिले परिस्थिति अर्को छ, कांग्रेस, तपार्इंहरू ९जसपा० र हामी मिलेर साझा अविश्वास प्रस्ताव दर्ता गरौं। सत्ता समीकरण निर्माण गरौं। मिलेरै अगाडि बढौं।

प्रतिक्रिया दिनुहोस्