Logo

नयाँ सरकार बनाउन प्रचण्ड माधवको तीव्र चहलपहल


१४,फागुण–काठमाण्डौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार बनाउन प्रचण्ड माधवले तीव्र रुपमा चहलपहल थालेका थालेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । काँग्रेससँग मिलेर सरकार बनाउनका लागि प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ ।

जवाफमा देउवाले अहिले हतार गर्नुहुँदैन, यसबारे पार्टीमा छलफल गरेपछि थप कुरा गर्ने बताएको स्रोतको भनाइ छ । त्यास्तै गरि नेकपाको प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग पनि नयाँ सरकार गठनबारे छलफल गरिरहेको बताइन्छ । अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपाको प्रचण्ड–माधव पक्ष, काँग्रेस, जसपाले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए प्रतिनिधसभामा अविश्वासको प्रस्ताव ल्याउनेबारे दलहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीका सहयोगीहरुले भने प्रधानमन्त्रीको राजीनामा नआउने बरु संसदमा आवश्यक प्रक्रिया ‘फेस’ गर्ने बताउँदै आएका छन् ।

ओली पक्षको यो भनाइका आधारमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउने दिशामा कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्नेछन् भन्ने अनुमान गर्न सकिन्छ । सरकार बनाउनका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ ।

नेकपासँग सभामुखसहित १७४ सांसद छन् । तर यो दल दुई गुटमा विभाजित भएका कारण ओली पक्षलाई आफ्नो सरकार बचाउन र प्रचण्ड–माधव पक्षलाई ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अन्य दलको सहारा लिनुपर्ने बाध्यता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्