Logo

जसरी हुन्छ पेलेरै भएपनि अगाडी बढ्ने ओलीको निर्णय


१३,फागुण–काठमाण्डौं । जसरी हुन्छ पेलेरै भएपनि आइपर्ने समस्याको सामना गर्दै अगाडी बढ्ने ओलीले निर्णय लिएका छन् । सोर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको तीन दिन भइ सक्दा पनि ओलीले राजिनामा दिएको छैन । विभिन्न राजनीतिक दलहरुले नैतिकताका आधारमा तत्काल राजिनामा दिन दबाव दिएपनि ओलीले भने जसरी हुन्छ सामना गरेर भए पनि अगाडी बढ्ने बताएका छन् ।

बुधबार नेकपा ओली समूहको स्थायी कमिटी बैठकमा ओलीले घुमाउरो पारामा सो कुरा बताएका हुन् । संसद् विघटनपछि ओली समूहले मूलतः चार निर्णय सार्वजनिक गरेको थियो । सर्वोच्च अदालतको फैसला स्वीकार्ने, केन्द्रीय कमिटी र संसदीय दलको बैठक चाँडै बोलाउने, देशभर भइरहेका सभाहरु नरोक्ने र

अदालतको आदेशअनुसार निर्धारित मितिमै संसद् अधिवेशन बोलाउने निर्णय भएको प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका थिए । तर, बुधवारको बालुवाटार बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले अरू पनि निर्णय सुनाएका थिए । स्रोतका अनुसार, राजीनामा नदिने निष्कर्ष पछाडिका सम्भावित घटनाहरूबारे पनि ओलीले प्रष्ट्याएका थिए ।

प्रधानमन्त्री पदबाट राजीनामा नदिने, बरू सम्भावित घटनाहरुको सामना गर्दै जाने निष्कर्ष ओलीले बैठकमा सुनाएका थिए । त्यसैलाई पार्टी निर्णय समेत मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्