Logo

ओलीले प्रधानमन्त्री पदबाट नैतिकताका आधारमा राजिनामा नदिए संसदबैठबाट निकाल्ने पम्फा भुसालको चेतावनी


१२,फागुण,–काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन्। नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानविय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन्।

सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिले सम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन्। उनले भनिन्, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ। तेह्र दिनभित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिने छ।

म अहिले पनि अपील गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरुले छिटो भन्दा छिटो ठाउँ खालि गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ। नेतृ भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत राजीनामा दिन आग्रह गरेकी छन्। ‘बिहान पशुपतिनाथको जात्रा देखेको थिएँ मैले ।

त्यहाँ क्षमा याचना गर्नुभन्दा अब जनताका बीचमा क्षमा याचना गरेर हामीले छोडेम भनेर फैसला गरे हुन्छ।’ प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टिका लगाउने काम भएको टिप्पणी समेत नेतृ भुसालले गरिन्। तर सर्वोच्च अदालतले निर्णय गरेपछि राजीनामा आउनुपर्नेमा प्रवक्ता मार्फत राजीनामा नदिने भन्न लगाएको बताइन्। राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको समेत बताइन्।

प्रतिक्रिया दिनुहोस्