Logo

प्रचण्ड माधव पक्षद्वारा जुनसुकै बेला जे पनि हुन सक्छ भन्दै अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन


१२,फागुण,–काठमाण्डौं । नेकपा प्रचण्ड(माधव पक्षले जुनसुकै बेला जे पनि हुन सक्छ भन्दै अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन् ।

उनीहरुले बैठकमा प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले जानकारी दिए । प्रतिनिधिसभा पुनस्थापना भएसँगै उनीहरु नयाँ सरकार निर्माणको पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्