Logo

शंखरापुर नगरपालिकाद्वारा साँखु स्थित निशुल्क तालिम सञ्चालन


१२,फागुण,–काठमाण्डौं । काठमाण्डौं जिल्लाको शंखरापुर नगरपालिका साँखुमा निशुल्क तालिम सञ्चालन भईरहेको छ । गरीबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तगत शंखरापुर नगरपालिकाले आफ्ना विभिन्न वडामा निुशल्क व्यावसायिक तालिम सञ्चालन गरेको हो । आर्थिक हिसाबले पछाडी परेका र व्यावसायिक हिसाबले केही पनि ज्ञानसीप नभएकाहरुलाई यस तालिममा सहभागी गराउने शंखरापुर नगरपालिकाले जनाएको छ ।

तालिमको लागि शंखरापुर नगरपालिका भित्रका जम्मा ४ वटा वडा छनोट भएका छन् । प्रत्यक वडामा २० २० जनाको दरले ८० जनालाई तालिम दिने लक्ष राखिएको छ । सहभागीहरुको ईच्छा अनुसार दीर्घकालीन र आर्थिक लाभदायीमुलक तालिम सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य अनुरुप यो तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी सबैलाई खाजानास्ताको व्यावस्था पालिकाले नै गरेको छ । शंखरापुर नगरपालिका वडा नं ९ साँखुमा उद्यम विकास सहजकर्ता स्वरस्वती लामाले २० जना सहभागीहरुलाई उद्यम विकास सम्बन्धी प्रशिक्षण तालिम दिइ रहेका छन् । सो एक हप्ताको उद्यम विकास तालिम अन्र्तगत आज व्यावसायीक सीपमुलक तालिम छनोट भएको छ ।

जसमध्य १२ जनाले पशुपालन सम्बन्धी र बाँकी ८ जनाले भेर्ना उत्पादन कृषि सम्बन्धी तालिम लिने भएका छन् । यो तालिम पश्चात प्रमाण पत्र र प्रति व्यक्ति दुई लाख सम्म सौलियतमा व्यावसायिक ऋण समेत नगरपालिकाले व्यावस्था गरिदिने उद्यम विकास सहजकर्ता स्वरस्वती लामाले बताइन् । नेपाल सरकार घरेलु तथा साना उद्योग मन्त्रालय अन्र्तगतको यो कार्यक्रम प्रत्येक जिल्लाको स्थानीय तहमा हाल सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्