Logo

आज सेयर बजारले अहिले सम्मकै उच्च बिन्दु कायम गर्यो,लगानीकर्ता उत्साहित


४,फागुण–काठमाण्डौं । सेयर बजारले ९मंगलबार० रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दु कायम गरेको छ । नेपालको इतिहासमा यो पहिलो रेकर्ड पनि हो । फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो ।

आज १५।५० अंकले बढेको बजार २६०१।५१ अंकमा आएर अडिएको छ । यस दिन १० अर्ब ३ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारले यतिहास रचेको दिनमा अधिंकाश समूह भने राताम्मे देखिएका छन् । बैंकिङ, विकास बैंक, म्यूचुअल फण्ड र अन्य समुह बाहेकका बाँकी समूहमा गिरावट छ ।

चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने गरी बजार बढेको छ । सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स नै देखिएको छ । यता दोस्रो धेरै कमाउनेमा मिर्मिरे लघुवित्त विकास बैंक रहेको छ । यसको सेयर मूल्य आज प्रतिकित्ता १६०३ रुपैयाँ रहेको छ । तेस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ । यस्तै सबैभन्दा बढी सेयर कारोबार हुनेमा नबिल बैंक देखिएको छ ।

यसको ५२ करोड बराबरको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंक दोस्रो बढी कारोबार हुनेमा देखिएको छ भने तेस्रोमा नेपाल बैंक देखिएको छ । पछिल्ला दिनमा सेयर बजार प्रति आमलगानीकर्ताको चासो बढ्न थालेसँगै बजारको वृद्धि यात्राले निरन्तरता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्