Logo

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोडको शेयर निष्कासन गर्ने


२,फागुण–काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ७६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । जसको लागि कम्पनीले आज तेस्रो साधारण सभा राखेको छ ।

आजको सभाले नेपाल धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्