Logo

काठमाण्डौं उपत्यकामा प्रचण्ड माधव पक्षको बन्दको प्रभाव सशक्त बन्यो,सबै पसल तथा यातायात ठप्प फोटोफिचर सहित


२२,माघ काठमाण्डौं । प्रचण्ड माधव समुहले आवहान गरेको आजको बन्दको प्रभाव काठमाण्डौं उपत्यकामा सशक्त देखिएको छ । अहिले काठमाण्डौंकोे मुटुमानिने बानेश्वर,असनचोक,रत्नपार्क,चावहिल,कलंकी,गोगंबु सबै मुख्य चोक र सडकहरु पुरै ठप्प भएका छन ।

बिहानै गोंगबु स्थित एउटा टयाक्सीमा आगजनी भएको छ । बन्दलाई प्रभावकारी बनाउन अहिले ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु सडकमा उत्रि सकेका छन् ।

उनीहरुले कडकमा कुुनै पनि सवारीसाधन गुडाउन दिएका छैनन् । नेतृ अष्टलक्ष्मी शाक्य सहित आधा दर्जन बढीलाई प्रहरीले यिन्त्रणमा लिइ सकेका छन् ।

    तस्विर ः विमल पोखरेल

प्रतिक्रिया दिनुहोस्