Logo

भारतको अपराधिक कृयाकलापले किसान मर्कामा,फेरि किन नरह बन्द गर्यो ?


 

१३,माघ–काठमाण्डौं । भारतले पटकपटक नेपालमाथी अपराध गर्दै आएको छ । बाढी पहिरो ठूलो रुपमा पानीको बहाव बढ्ने बेलादेखि खडेडी पेरका बेला नेपाली भुमीमाथी भारतले खेलाची गर्दै आएको छ । अहिले फेरि नेपालतर्फको नहर बन्द गराएर किसानलाई सिचाँइबाट बञ्चित गराएका छन् ।

भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग पुर्याउने उद्देश्यले कोशी व्यारेजबाट दुई वटा नहर निर्माण गरिएको छ । एउटा कोशी पश्चिमी र अर्का कोशी पूर्वी ।

कोशी पूर्वी भने सुनसरी जिल्ला हुँदै भारततिर गएको छ । पश्चिमी नहर सप्तरी हुँदै बग्ने गरेको छ । प्रमुख दुई बाली धान र गहुँको सिजनमा यो नहरमा कोशी व्यारेजबाटै सिँचाइ गरिन्छ । तर, भारतले आफ्नो भूमितर्फ बग्ने पूर्वी नहरमा मात्रै पानी छाड्दा कोशी पश्चिमी नहरमा पानी छाडेको छैन ।

वर्षे भेलमा भारततिरको नहर बन्द गरेर नेपालतर्फको नहरमात्रै खोल्ने भारतले हिउँदयाममा भने ठीक उल्टो काम गरेको छ । जसले गर्दा अहिले नेपाली किसानहरुको गहँु सुकेको छ । सिचाँई गर्न नपाएपछि किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्