Logo

सिद्धार्थ बैंकद्वारा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला


कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं। काठमाडौँ(सिद्धार्थ बैंक लिमिटेडले बिहीबारदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ। बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ बिक्री खुला गरेको हो जस्मा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउन सक्नेछन्।

बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नुहुनेछ। ऋणपत्र निष्काशन बन्द हुने मिति छिटोमा २०७७ असोज २० गते र ढिलोमा असोज ३० गते रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्