Logo

काठमाण्डौं उपत्यकाको ललितपुरमा कडा रुपमा कर्फ्यू आदेश


कलाखबर संवाददाता,१८ भदौ–काठमाण्डौं । काठमाण्डौं उपत्यकाको ललितपुर पुल्चोकमा बिहिबार झडप भएपछि कडा रुपमा कर्फ्यू जारी आदेश भएको छ । मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि शुक्रबार स्थिति नियन्त्रणमा लिन प्रशासनले ललितपुर महानगरपालिकामा कर्फ्यू लगाउने भएको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र कर्फ्यू लगाउने निर्णय भएको हो। कर्फ्यू बिहान ४ बजेदेखि राति १० बजेसम्म लगाउने निर्णय भएको पनि प्रहरी प्रमुख राईले देशसञ्चारसँग जानकारी दिए। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो।

प्रतिक्रिया दिनुहोस्