Logo

नेपाली राष्ट्रिय झण्डा जलाउने गायक सहित ९ जना पक्राउ


कलाखबर संवाददाता,३ भदौ–काठमाण्डौं । म्युजिक भिडियोमा राष्ट्रिय झन्डा ज’लाउने स’मूहका ९ जनालाई प्रहरीले पक्राउ परेका छन्। भदौ १ गते अपलोड गरिएको उक्त भिडियो भाइरल भएपछि मंगलबार दिनभरि अ’परेसनमा जु’टेको महानगरीय अ’पराध महाशाखाले बुधबार सम्ममा ९ जना पक्राउ गरेको जानकारी दिएका छन् ।

थप अन्य व्यक्तिहरूको प’हिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अ’पराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए। ‘हिजो दिनभर हाम्रो टो’लीले काठमाडौंका विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेको छ।

थापाले भने, ‘थप अरुको हुन् सबै थाहा भइसकेको छ, खोजी भइरहेको छ।’ मंगलबार पक्राउ पर्ने एक युवती र तीन युवा छन्। तिनीहरूमा क्यामरामेन, भिडिओमा आवाज भर्ने, भिडिओ इडिट गर्ने र भिडिओ लिएर इ’डिटिङ गर्न जाने व्यक्ति स’मातिएको थापाले बताए। उक्त भिडियो काठमाडौंमै इडिट गरेर युट्युबमा राखिएको पत्ता लागेको छ।

पक्राउ परेका बसैजना व्यक्तिमाथि अनुसन्धान थालिएको थापाले बताए। यस भिडियोका गायक गेल्जङ दोर्जे तामाङ हुन्। उनी सहित अरु पनि बुधबार बिहान पक्राउ गरिएको छ । एक युट्युव च्यानलमार्फत ‘दे’शद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएको थियो। त्यस भिडियोको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा ज’लाएको भिडियो छ।

झण्डा ज’लाएको भिडियोको चौ’तर्फी वि’रोध भएपछि महानगरीय अ’पराध महशाखाको टोलीले अनुसन्धान थालेको थियो। उक्त म्युजिक भिडियो मकवानपुरको बागमति गाउँपालिका(३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खि’चिएको देखिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्