Logo

दुई अध्यक्षको जुहारीले नेकपा फुटको संघारमा पुगेपछि पार्टी जोगाउन हस्ताक्षर संकलन


कलाखबर संवाददाता,२५,साउन–काठमाण्डौं । लामो समयदेखि नेकपामा देखिएको बिवादले अन्तत पार्टी फुटको संघारमा समेत पुगेको थियो । दुई अध्यक्षबीच जुहारी अझै पनि साम्य भएकै छैन । त्यो पार्टी फुटको संघारबाट जोगाउन अहिले नेकपामा बहुमतले हस्ताक्षर संकलन सुरु गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउन एक तिहाई सांसदहरु सक्रिय भएका छन् ।

उनीहरुले हस्ताक्षर संकलन गरेर पार्टी फुट्न नदिन नेतृत्वलाई दबाबसहितको आग्रह गर्ने भएका छन् । ७० सांसदको हस्ताक्षर संकलन गरेको समुहले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत् हस्ताक्षर समेत सार्वजनिक गर्ने भएका हुन् ।

एकताका लागि दबाब दिने समुहमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै समुहका सांसदहरु छन् । हस्ताक्षर संकलनमा सक्रिय सांसद विशाल भट्टराईले अहिलेसम्म ५० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको जानकारी दिए ।

नेकपामा प्रतिनिधिसभाका १७४ र राष्ट्रियसभाका ५० गरी कुल २२४ सांसद छन् । ओली र प्रचण्ड दुवै पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् । नेकपाभित्र ओली र उनको राजीनामा माग्दै आएको प्रचण्डसहितको समुहबीच एक महिनायता द्वन्द्व चर्कदै आएको छ । यसले नेकपालाई फुटको संघारमा पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्