Logo

कक्षा ११ को बोर्ड परिक्षा नलिने सरकारको निर्णय,विद्यालय तहमै प्रमाणिकरण गरेर प्रमाणपत्र दिइने


कलाखबर संवाददाता,२२ असार –काठमाण्डौं । कक्षा ११ को बोर्ड परिक्षा नलिने सरकारले निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहमै मुल्यांकन गरेर प्रमाणिकरण गरिने निर्णय गरेको जानकारी दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १९ असारमा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मूल्यांकन परिषदको बैठकले परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

अन्तिम मुल्यांकन विद्यालयले गर्ने जिम्मेवारी पाएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि जारी गरेको छ । कार्यविधिकै आधारमा विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने जानकारी दिइएको छ ।तर, कक्षा १२ को परीक्षा भने बोर्डले नै संचालन गर्नेछ ।

यसअघि एसईई परीक्षा पनि विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परिक्षा गर्ने सरकारले जनाए पनि मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्