Logo

संसद अधिवेशनको अन्त्यसँगै एससिसि पास गर्ने ओलीको सपना पनि समाप्त


कलाखबर संवाददाता,२१ असार –काठमाण्डौं । सरकारले बिजनेस नै समाप्त नभई हतार–हतार संसद अधिवेशन अन्त्य गरिदिएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० माथि परेको छ । संसदको यही अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गरिनुपर्ने समयसीमा थियो । तर, प्रधानमन्त्री ओलीको हतारो निर्णयका कारण संसद अधिवेशन अन्त्य भएपछि अब एमसीसी सम्झौताको आयु समाप्त भएको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले तत्कालै अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन् । संसदको अधिवेशन अन्त्य गर्नेबेलामा प्रधानमन्त्रीले सभामुखसँग सामान्यतः छलफल गर्ने संसदीय परम्परा रहे तापनि सभामुख अग्निप्रसाद सापकोटालाई थाहै नदिई संसद बैठक स्थगन गरिएको हो ।

प्रधानमन्त्री ओलीले कुर्सी जोगाउनका लागि हतार–हतार संसद बैठक स्थगन गरेको आरोप नेकपाभित्र र बाहिरबाट लाग्दै आएको छ । शनिबार बालुवाटारमा आयोजित मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याउने षड्यन्त्र भएको दाबीसमेत गरे ।

प्रधानमन्त्रीको सो दाबीले संसद विघटनको हतारोलाई थप सिद्ध गरेको छ । प्रधानमन्त्रीले जुनसुकै उद्देश्यले संसद बैठक चाँडो अन्त्य गरेता पनि यसले अमेरिकी सहायता प्राप्तिमा भने ठूलो असर पारेको छ ।

प्रतिक्रिया दिनुहोस्