Logo

साउन १ गतेबाट विद्यालय तथा निर्माण कार्य सञ्चालन हुने भएपनि दशै आसपासमा मात्र पूर्णरुपमा लकडाउन खुल्ने


 

कलाखबर संवाददाता,२३ जेठ–काठमाण्डौं । सरकारले साउन १ गतेबाट लकडाउन केहीरुपमा खुलाउने भएको छ । असार १ बाट विद्यालय खुलाउने हल्ला भएपनि अन्तत साउनको १ गतेबाट मात्र पठनपाठन पनि सुरु हुने भएको छ । विभिन्न व्यावसायीहरुको दवाब पछि जेठको २५बाट नै केही व्यावसायीहरुले पसल खोल्न थालेका छन् । मिति तोकेरै सरकारले पूर्ण रुपमा लकडाउन खुलाउन ६ वटा चरणको मोडालिटि तयार गरेको छ । कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ ।

जुन १ असारबाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदै लगिनेछ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो । पहिलोचरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् । दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ ।

निर्माणको काम गर्ने वातावरण बनाइनेछ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ । तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिीय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ । कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।

चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ । पाचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् ।

पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् । छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई शिल्ड गर्ने गरी प्रस्ताव तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्