Logo

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो


कलाखबर संवाददाता,१७,जेठ –काठमाण्डौं । आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको उनले बताएका छन् ।दैलखका १४ कोरोना संक्रमितको पुष्टि भएको खबर सिधाकुराले प्रकाशित गरिसकेको छ ।आज आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जना रहेका छन ।

आज शनिबार पुष्टि भएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन्। प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन्। जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका छन्। त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन्।

प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन्। जसमा सबैजना कपिलवस्तुको यशोधराका रहेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन् ।जसमा ८ पुरुष र एकजना महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्