Logo

थुप्टेन लामाद्वारा सरकारले छुटाएका पीडित सात परिवारलाई राहत वितरण ( भिडियो सहित )


कलाखबर संवाददाता,११,बैशाख–काठमाण्डौं । हाल क्यालोफोर्निया निबासी धर्म गुरु तथा समाजसेवी थुप्टेन डोनियो लामाले मंगलबार पीडित सात परिवारलाई राहत वितरण गरेको छ । सरकारले छुटाएका ज्याला मजदुरी गरेर खाने सात परिवारलाई गोर्कणेश्वर नगरपालिका स्थित पयौटारमा राम्रो नराम्रो कुरा अनलाइन च्यानको माध्यमबाट राहत वितरण गरिएको हो ।

च्यानलका सञ्चालक श्याम कुलुङले सो राहत वितरण गरेका थिए । राहत पाउनेहरुमा नुरी कुलुङ,राजेन्द्र भण्डारी,लाख धन राई,पसी राई,हस्ता कुमारी कुलुङ,तिरा राई,भानु जेरुङ आदी रहेका थिए । राहत पाएपछि पीडित परिवार निकै खुशी भएका थिए । सरकारले वितरण गरेको राहत आफूहरुले हात पार्न नसकेको बेला व्यक्तिगत तर्फबाट राहत दिलाएको भन्दै पीडितहरुले थुप्टेन डोनियो लामालाई धन्यबाद दिएका थिए ।

किन हात पार्न सक्नु भएन ? भनेर कलाखबरले सोधेको प्रश्नमा वडाले अनावश्यक घर धनीको धनीपुर्जा,नागरिकता,सम्झौता पत्र, घर धनीको हस्ताक्षर जस्ता मागेर उल्टै दःख मात्र दिएको पीडितहरुले बताए । राहतको स्रोत खोजेर यो आपतकालिन अवस्थामा आफूहरुको छाक टारेको भन्दै पीडितहरुले श्याम कुलुङलाई पनि धन्यबाद दिए ।

जवाफमा श्याम कुलुङले विशेष गरी धन्यबादको पात्रो स्थाई घर सोलुखुम्बु भई हाल अमेरिकाको क्यालोफोर्निया निवासी थुप्टेन डोनियो लामा रहेको बताए । लामाको आर्थिक सहयोगमा मंगलबार प्रति व्यक्ति १० केजी जिरा मसिनो चामल, १ लिटर तेल,१ केजी नुन,२ केजी दाल ७ परिवारलाई वितरण गरिएका थिए । राहत वितरण गर्न टेलिभिजन पत्रकार तथा कला संगम मल्टि मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक राज कुमार राई पनि पुगेका थिए ।

विभिन्न जिल्लाका ज्याला मजदुरी गरेर खानेहरु यो ठाउँमा रहेकाले त्यो ठाउँमा राहत भाडन राम्रो नराम्रो कुरा अलनाइन च्यानललाई अनुरोध गरेको पत्रकार राईले बताए । राईको सहकार्यमा त्यो ठाउँका मजदुरहरुलाई राहत वितरण गरिएको हो ।

अमेरिकाको डेलेक चिल्ड्रिन फाउन्डेशन संस्थाका सञ्चालक समेत रहेका लामाले २००९ सालबाट विभिन्न यस्तै पीडितहरुलाई आर्थिक तथा लट्टाकपडा,राशन जस्ता धेरै सहयोग गर्दै आएको राम्रो नराम्रो अनलाइन चौतारीका सञ्चालक तथा सामाजिक अभियन्ता श्याम कुलुङले कलाखबरलाई बताए ।

विभिन्न ठाउँका पीडित वालबच्चाहरुको पालनपोषण तथा शिक्षादिक्षामा लामाले सहयोग गर्दै आएको छ । यो संस्थाबाट उठेका रकम विश्वासको आधारमा राम्रो नराम्रो अनालाइन चौचारीमा पठाए पछि धेरै यस्तै पीडित तथा दुखीहरुलाई वितरण गर्दै आएको पनि कुलुङले जानकारी दिए ।

अरु युटयूवरहरुले् हेमा काण्ड,पूण्य गौतम काण्ड,अघोरी बाबा जस्ताको पिछा गर्दै भ्रम फैलाएर सारा मिडियाको बेइजत फाली रहेको बेला राम्रो नराम्रो कुरा च्यानल भने नमुना बन्न पुगेको छ । यो च्यानलले विभिन्न ठाउँको कुना कुनामा पुगेर वास्तविक पीडितहरुको आवाज उठाएको छ । दुःखीहरुको पीडा बोलेको छ ।

रोगको सिकार भएकाहरुको उपचारमा जुटेको छ । त्यही कारण राम्रो नराम्रो कुरा अनलाइन सबैको दुःख पीडा बिसाउने एउटा साझा चौतारी बनेको छ । यही चौतारीमा आफ्नो दुःख पोखाउन आएकाहरुको लागि विभिन्न स्रोत तथा सहयोगी दाताहरु खोजेर पीडितहरुको उद्धारकार्यमो यो च्यानल लागीपरेको छ ।

प्रतिक्रिया दिनुहोस्