Logo

बढन थाल्यो गाउँ फर्कनेको लस्कर,सधै सुनसान रहने सडकमा ठूलो भीडभाड


राज कुमार राई ,९ बैशाख–काठमाण्डौं । लकडाउन बढ्ने अनुमानसँगै गाउँ फर्कनेको संख्या बढ्न थालेको छ । लकडाउन भएको २८ दिन पछि सरकारले गाँउ फर्कन चाहनेहरुका लागि स्थानीय सरकारको पहलमा उद्धार गरी गाउँ जान दिने निर्णय गरेसँगै शहर छोडी गाउँ जानेको संख्या बढ्न थालेको छ । आज राजधानी काठमाण्डौंको जडिबुटी,कोटेश्वर सडक निकै व्यस्त र भीडभाड देखिए । लामो समय भएको लकडाउनले आम जनजीवनलाई ढिक्क बनाएको छ ।

दोलखा चरिकोट,सिन्धुपाल्चोक,रामेछाप,लगायतका ठाँउहरुमा आज ठूलो संख्यामा मानिसहरु गाउँ फर्केका छन् । सिमसिम पानीको प्रवाह नगरी सडकमा गाडी कुडनेको ठूलो संख्या सडकमा देखियो । गाउँ फर्कनेहरुमा रोजागारी तथा अध्यनका लागि आएका विद्यार्थीहरु बढी देखिए । उनीहरु अचनाक लकडाउन भएपछि गाडी नपाएर रोकिएका थिए ।

लामो समय सम्म कोठाभित्र निसासिएर बस्दा वाक्कदिक्क लागेको र रासन पानी अभाव हुन थालेपछि गाउँ फर्कन बाध्य भएको एक यात्रुले कलाखबरलाई बताए । सरकारले राहत दिने भनेर हल्ला गरेपनि कुनै राहत नपाएको ती यात्रुले गुनासो पोखे । राहत लिन जादा वडाका कर्मचारीहरुले अनावश्यक कागजपत्र मागेर दुःख मात्र दिएको ती यात्रुले बताए ।

एक विद्यार्थीले कलाखबरसँग कुरा गर्दै भने सरकारको आशमा बस्यो भने भोकले नै मरिन्छ । कुनै शैक्षिक संस्था खुल्छ भन्ने पनि निश्चित छैन । त्यसैले हामी गाउँ जान लागेको । पछिल्लो दिनमा स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर गाडी रिजर्भ गरेर जाने क्रम बढेको छ । कोटेश्वर तथा जडिबुटीमा भेटिएका विद्यार्थीहरूको एउटा समूह पनि यसरी आफैँ गाडी रिजर्भ गरेर गाउँ फर्किन लागेको भेटियो ।

एक विद्यार्थीले भनिन्, ‘पैसा कति लाग्छ भनेका छैनन्, तर पैसा तिरेर जाने हो । मानिसहरूको एकाएक चहलपहल बढेपछि सुरक्षाकर्मी भने अन्यौलमा परे । कसले कसरी मानिसहरूलाई लैजान लागेको हो भन्ने उनीहरूलाई जानकारी छैन । सोध्यो भने पनि भन्दैनन्, केही कागज पनि छैन’ त्यहाँ भेटिएका एक प्रहरी अधिकृतले भने, ‘धेरैजसो उद्धार होइन, भाडा तिरेरै जान लागेका रहेछन् ।

हामी पनि के गर्ने भनेर अन्यौलमा परेका छौँ । सुरक्षाकर्मीहरूका अनुसार मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्ममा १९ वटा गाडी हिँडिसकेका छन् । अझै कति गाडी मानिसहरू लिएर जान्छ थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्