Logo

महाकुलुङ गाउँपालिकाले जिल्लाबाहिर रहेका आफ्नो स्थानीय बासीहरुलाई राहत वितरण तथा उद्धारकार्य गर्ने


कलाखबर संवाददाता,८ बैशाख– काठमाण्डौं । महाकुलुङ गाउँपालिकाले विभिन्न पेशा तथा अध्यनको सिलसिलामा जिल्लाबाहिर लकडाउनको चपेटामा पिल्सिएका आफ्ना वडाका नागरिकहरुलाई राहत वितरण गर्ने तयारी गरेको छ ।

घर जान नपाएर अप्ठारो आवस्थामा जिविका निर्वाह गर्न बाध्य भएका व्यक्ति तथा परिवारको पहिचान गरी राहत वितरण गर्ने महाकुलुङ गाउँपालिकाले तयारी थालेको समाजसेवी तथा पर्यटन व्यावसायी दिलिप सिंह कुलुङले कलाखबरलाई जानकारी दिए ।

 

अहिले पीडित परिवारको तथ्याङ्क र वास्तविक पहिचान संकलन गर्न थालिएको पनि कुलुङले बताए । तथ्याङ्क संकलनको नमुना फर्म यस किसिमको रहेको छ ।

आफ्नो परिवारको छोटो विवरण तल टिपाउनुहोस् ।
१. नाम र सम्पर्क नं  ः……………
२.परिवार संख्या ः    ……………
३.हाल वसोवास गरेको ठाउँ …………

राहत प्याकेजको प्रकृतिवारे सम्बन्धित स्थानीय सरकार छलफलकै क्रममा रहेको छ । प्राप्त तथ्यांकलाई आधार मानेर राहत वितरण गर्ने गाउँपालिकाले तयारी गरेको पनि कुलुङले बताए ।

भविष्य निर्माणको खोजी तथा जीविका निवार्हको क्रममा महामारीको रुपमा फैलिएका लकडाउनले विचलित अवस्थामा अलपत्र परेका आफ्नो गाउँपालिका बासीलाई उद्धार तथा केही  राहत प्याकेज दिन लागिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए ।

सकेसम्म गाँउ आउन चाहनेलाई गाउँजाने व्यावस्था नै मिलाउने र बाध्यात्मक रुपमा रहेकालाई मात्र राहत प्याकेज दिने निर्णय भएको पनि अध्यक्ष किराँतीले जनाकारी दिए । यस विषयमा तीव्र रुपमा संघीय सरकारसँग पनि पहल भई रहेको किराँतीले बताए ।

हालसम्म बाहिर जिल्ला र विभिन्न मुलुकबाट रोजगारी गरेर फर्केका व्यक्तिहरुको आवश्यक स्वास्थ्य जाँज गर्दा कुनै पनि कोरोनाको पोजिटिभ लक्षण नदेखिएको पनि किराँतीले प्रस्ट पार्नु भयो ।

 

 

ज्याँला मजदुरी गरेर खाने तथा परिवार सहित राजधानीमा अलपत्र परेकाहरु गाउँ फर्कन आतुर भईसकेका छन् । अहिले राजधानी लकडाउनले ठप्प भएपछि आमजनजीवन निकै कष्टकर बनेको छ ।

महाकुलुङ गाउँपालिकाले राहत वितरण तथा उद्धारकार्य कसरी गदैछ ? भनेर बुझ्न निम्नानुसारका सम्बन्धित व्यक्ति तथा सम्र्क नम्बरहरु प्रस्तुत गरिएको छ ।

गाउँपालिका (अध्यक्ष) सागर किराती 9852885000
गाउँपालिका (उपाध्यक्ष) विपना कुलुङ 9869578686
प्रमुख प्रशाकीय अधिकृत लवुन राई 9862689961
१ नं. वडा अध्यक्ष अाश मान राई (विकास) 9869531063
२ नं. वडा अध्यक्ष प्रदिप राई 9863307314
३ नं. वडा अध्यक्ष डेक बहादुर राई 9863006036
४ नं. वडा अध्यक्ष जये कुबेर राई 9842898279
५ नं. वडा अध्यक्ष सञ्च राम राई 9848280900
काठमाण्डाैं:-
२ नं. वडा सदस्य प्रेम कुमार राई 9843015903
संकल्प किराती 9841789437/ 9753007290
सुर्य कुलुङ 9851099156
दीलिप सिं कुलुङ 9849800709
दिप कुलुङ किराती 9863026663
विकास कुलुङ (विकी) 9842261375
शुक्र कुलुङ 9851116616
खरि जङ कुलुङ (शरद) 9849526576
दिवस कुलुङ 9866791375
टार्जन कुलुङ 9849072166
छिरिङ शेर्पा (गाईखर्क) 9862995389

प्रतिक्रिया दिनुहोस्