Logo

कपन प्रभागकी इन्स्पेक्टर सुरक्षा केसीको सरुवा


कलाखबर संवाददाता,६,बैशाख– काठमाण्डौं । प्रहरी प्रधान कार्यलयले महानगरीय प्रहरी प्रभागकी प्रमुख (इन्सपेक्टर) सुरक्षा केसीको सरुवा गरेको छ । कपन क्षेत्रको अवैध वालुवाखानी उत्खनन नियन्त्रणमा कडाई गर्न थालेपछि उनलाई हटाईएको हो ।

प्रहरी प्रधान कार्यालयले उनलाई हटाएर महानगरीय प्रहरी प्रभाग कपनको इन्चार्जमा शेखरजंग मल्ललाई पठाएको छ । सरुवा अवधी  नपुग्दै शुक्रवार साँझ प्रहरी प्रधान कार्यालयले केसीको ठाउँमा मल्ललाई काज सरुवा गरेको हो । कपन क्षेत्रमा स्थानीय जनप्रतिनिधिको संरक्षणमा हुँदै आएको बालुवाको अवैध उत्खननमा केसीले रोक लगाएकी थिइन्।

स्थानीय सरकारले चहेको बेला जहाँसुकैबाट जतिबेला पनि बालुवा निकाल्न सकिने जनप्रतिनिधिहरुको धारणामा इन्स्पेक्टर केसी असहमत थिइन् । इन्सपेक्टर केसीले अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न नदिने अडान राख्दै त्यसरी उत्खनन गरिएका बालुवा नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा पठाउने गरेकी थिइन् । त्यसपछि, नगरपालिकाका प्रमुख खरेल र वडा नम्बर–१० कपनका अध्यक्ष भट्टराईले उनलाई सरुवा गर्न शक्तिकेन्द्रलाई दवाव दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्