Logo

लकडाउन नेपालकोे पाँचौ दिन यस्तो देखियो काठमान्डौ (फोटोफिचर)


कलाखबर संवाददाता,१५ चैत्र–काठमाण्डौं । सरकारले अख्तियार गरेको लक डाउनको पाँचौ  दिन दिउँसो पनि राजधानी शान्त देखिएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु बन्द छन् । सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ । प्रहरीले मोटरसाइकल चालकहरुलाई सम्झाएर घर पठाउने गरेको छ ।

काठमाडौंको न्यूरोड, असन लगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ । जसले गर्दा मंगलबार बिहानै देखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ ।

लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिद लगायत अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो । सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो । सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको छ ।

हेर्नुस फोटो:

 

प्रतिक्रिया दिनुहोस्