Logo

बेल्जियमबाट फर्केकी युवतीमा पनि कोरोना भाइरस


कलाखबर संवाददाता,१५ चैत्र–काठमाण्डौं । बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी २२ वर्षीया युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो। बागलुङ नगरपालिकास्थित आफ्नै घरमा रहेकी उनको धवलागिरी अस्पतालमा नमूना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिए पनि आफ्नै घरमा बसेको बताएकी थिइन्।

योभन्दा अगाडि संक्रमण देखिएका दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एक जनाको सेती अस्पतालमा उपचार भइरहेको छ। एक जना निको भएर घर फर्कि सकेका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ जसमध्ये एक उपचारपछि घर फर्किसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्