Logo

स्वास्थ्य मन्त्री ढकाल साच्चिकै असफल भएकै हो त ? किन विशेषज्ञलाई जिम्मेवारी बिहीन बनाउदै छन ?


कलाखबर संवाददाता,१५,चैत्र–काठमाण्डौं । महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित २५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । त्यो बेला आफैने मन्त्रालयका केही स्वास्थ्य विशेषज्ञलाई मन्त्री भानु भक्त ढकालले जिम्मेवारी बिहीन बनाएको छ । जिम्मेवारी बिहीन भएपछि कयौ विशेषज्ञहरुले हाजिर मात्रै गरेर तलब खाइरहेका छन् ।

करिब विशेषज्ञ चिकित्सकसहित ५०० स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ मन्त्री ढकालले कुनै चासो नै देखाएको छैन । जसले गर्दा मन्त्री ढकाल असफ भएको कुरा सामाजिक संजाल भरि छाएको छ । समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी देशमा विपत् आइलाग्दा पनि कामविहीन छन् । भानुभक्त ढकाल नेतृत्वको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय केहीलाई विभिन्न हेल्प डेस्कमा परिचालन गरिए पनि अधिकांश फुर्सदिला छन् ।

स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सकसहित २२ स्वास्थ्यकर्मी फाजिलमा छन् । विशेषज्ञतर्फ एघारौं तहका महमद दाउद र डा। राधिका थपलिया तथा दशौं तहका डा। पवनकुमार शाह र डा। श्रवणकुमार मिश्र हाजिर मात्रै गर्छन् । नवौं तहका डा। प्रज्ज्वल श्रेष्ठ, डा। नीलम ठाकुर, डा। रवीन्द्र रेग्मी, डा। सुमित अग्रवाल र डा। सन्ध्या जोशी पनि कामविहीन छन् । जब कि मन्त्रालयले १० चैतमा गरेको विज्ञापनमा नवौं तहका जनरल फिजिसियन ७ जना मागेको छ ।

नवौं तहका एनेस्थेसियोलोजिस्ट ७ जना, आठौं तहका मेडिकल अधिकृत २० जना, पाँचौं तहका स्टाफ नर्स सयजना गरी १३४ स्वास्थ्यकर्मी मागेको छ । आवेदनको म्याद ७ दिन राखेकोमा ५ दिनसम्म चिकित्सकको आवेदन परेको छैन । मन्त्रालय स्रोतका अनुसार नर्सका लागि ५० जति आवेदन मात्रै परेको छ । आजको नयाँ पत्रिकामा खबर छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव रघुराम विष्टले फाजिलका केही स्वास्थ्यकर्मी सम्पर्कमै नरहेको बताए ।

उनीहरू प्रदेश र स्थानीय तह मातहत रहेको उनको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले फाजिलका ३०० भन्दा बढी स्वास्थ्यकर्मी सम्पर्क बाहिर रहेको बताए । करीब २०० लाई भने देशभरका हेल्प डेस्कमा परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार सम्पर्कबाहिर रहेकाहरू चौथो, पाँचौं, छैटौं र सातौं तहका छन् । जब कि विभागले पनि यी तहका समेत ७८ स्वास्थ्यकर्मी माग गर्दै ११ चैतमा विज्ञापन आह्वान गरेको छ ।
नवौं तह एनेस्थेसियोलोजिस्ट चारजना, नवौं तह चिकित्सक ९एमडी क्रिटिकल केयररएमडी इन्टरनल मेडिसिन० चारजना, आठौं तह मेडिकल अधिकृत १६ जना, सातौं तह नर्सिङ अधिकृत ४ जना र पाँचौं तह स्टाफ नर्स ५० जना मागेको छ । विभागले सात दिनको म्याद दिएकोमा हालसम्म नगन्य आवेदन परेको छ । अपेक्षाअनुसार दरर्खास्त आएको छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘यो बेला दर्खास्त दिनुपर्ने थियो तर दिएनन् ।

देशको एक मात्रै सरुवारोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि तीन महिनाका लागि भन्दै करारमा ४४ स्वास्थ्यकर्मी मागेकोमा अपेक्षाअनुसार आवेदन परेको छैन । पाँच दिन समय दिएर ९ चैतमा विज्ञापन खोलिएको टेकुमा सोचेअनुसार आवेदन नपरेपछि चिन्तित बनाएको स्रोतले बतायो । टेकुले नवौं तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, आठौँ तह मेडिकल अधिकृत आठजना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स २६ जना मागेको थियो ।

अपेक्षाअनुसार आवेदन नपरेपछि अब स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सक र नर्सहरू खटाउने विकल्प सोचेको छ । विभागका महानिर्देशक श्रेष्ठले देशभर चिकित्सक र नर्सको अवस्था हेरेर काठमाडौं तानिने पनि बताए । तर संक्रमण फैलिँदा काठमाडौंबाहिर झन् भयावह हुन सक्ने भएकाले सरकारको यो नीति प्रभावकारी देखिँदैन । स्वास्थ्य मन्त्रालयमा १०५ कर्मचारीको दरबन्दी छ । त्यसमा ५० जना स्वास्थ्य सेवाका छन् भने बाँकी प्रशासन समूहका छन् ।

तर कोरोना महामारीको समयमा मन्त्रालयका सीमित मात्रै कर्मचारी छन् । अधिकांश शाखा बन्द रहेका छन् । मन्त्रालयमा सेवासुविधा प्रशासन समूहका कर्मचारीले लिएका छन् । उपसचिवदेखि माथिका कर्मचारीले सबै सेवा लिएका छन् । तर स्वास्थ्य सेवा समूहका सहसचिवहरूले भने पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । यो महामारीको समयमा सुविधाविहीन कर्मचारी नै काममा खटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ जनस्वास्थ्य अधिकारीले भने, ‘सेवासुविधा लिएका प्रशासनका कर्मचारी घरमा बसेका छन्, तर हामी हिँडेर काममा आउनुपरेको छ ।’ स्वास्थ्यमा ६ जना प्रशासनका सहसचिव रहेकोमा सबै अनुपस्थित छन् । स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फका सचिव यादव कोइराला, प्रशासन प्रमुख सहसचिव रघुराम विष्ट, लेखा प्रमुख मुक्तिराम न्यौपाने, कानुन उपसचिव पुष्करराज नेपाल, शाखा अधिकृत प्रेम खुवा, नासु प्रेम विक र सचिवका पिए राजमणि निरौला मात्रै काममा छन् ।

स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल, डा। दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटा, डा। गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटा, सागर दाहाल, जनस्वास्थ्य अधिकृत यशोदा अर्याल, डा। गुणनिधि शर्मा, रविकान्त मिश्र र पानबहानुर श्रेत्री काममा छन् ।

टेकु प्रयोगशालाबाट यही बेला मन्त्रालय तानिएका भाइरसविज्ञ डा। श्रवणकुमार मिश्र भन्छन्, ‘मलाई एक सातादेखि मन्त्रालय तानिएको छ, किन र केका लागि तानियो थाहा छैन, कतैबाट जवाफ पाएको पनि छैन, देश संकटमा परेको बेला म जस्तोसुकै काम गर्न पनि तयार छु तर काम पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्