Logo

भोलि बिहान देखि नेपालमा पनि अल लगडाउन हुने,कोही सर्बसाधारण बाहिर निस्किए सरकारले आवश्यक कारवाही गरिने तयारी


 

कलाखबर संवाददाता,१०,चैत्र–काठमाण्डौं । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस ९कोभिड १९०को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।

कोरोना भाइरस कोभिड(१९ को संक्रमणको सम्भावित जोखिमलाई न्यून गर्न तत्काल ‘लकडाउन’ गर्न नेपाली सेनाले सरकारलाई सुझाव दिएको छ। स्रोतका अनुसार सरकारको अपील पछि पनि खुला सीमा र सार्वजनिक स्थलमा भीडभाड नरोकिएपछि सेनाले ‘लकडाउन’मा जान उपयुक्त हुने सुझाव दिएको हो।

सैनिक मुख्यालयले कुनै पनि बेला लकडाउन हुन सक्ने भएकाले त्यसको लागि तयारी हालतमा रहन सबै प्रदेशका पृतनालयहरुलाई निर्देशन दिएको छ। आपतकालिन अवस्थाबाहेक सम्पूर्ण रुपमा आवतजावत बन्द नगर्दासम्म जोखिम कायम रहने विश्लेषण गर्दै सेनाले आन्तरिक तयारी तथा कार्ययोजना तय गरेको छ।

सरकारले औपचारिक निर्णय गरेर निर्देशन दिन साथ ‘लकडाउन’का लागि परिचालित हुनुपर्ने अवस्था आउनसक्ने अनौपचारिक सर्कुलरसहित तयार रहन जंगी अड्डाले पृतना मुख्यालयलहरुलाई आदेश दिइसकेको छ। ‘लकडाउन’ घोषणा भएपछि सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन हुनेछन् ।

कोरोना सम्भावित जोखिमको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक रणनीति र कार्ययोजनासहित तयारी हालतमा रहन मातहातका निकायलाई निर्देशन दिइएको सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेका अनुसार सरकारले निर्देशन दिएलगत्तै सेना खटिने बताए । नेपाल सरकारले अहिले भर्खरै गरेको भोलीदेखि एक हप्ता सम्मका लालि ताजा निर्णयहरु यस प्रकार छन् ।

    निर्णयहरु
१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७.संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२० बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

प्रतिक्रिया दिनुहोस्