Logo

नायीका ऋचा शर्माले सुटुक्क कसिन लगन गाँठो, को हुन त ऋचाको जोडी ?


कलाखबर संवाददाता,२१,मंसिर–काठमाण्डौं । चलचित्र जगतमा राम्रो छवी कमाएकी नायीका ऋचा शर्मा विवाह बन्धनमा बाधिएकी छन् । आफ्नो प्रेम सम्वन्धलाई कुनै मिडियामा नखुलाएकी नायीका ऋचाले भक्तपुरका दिपेक्ष विक्रम राणसँग सुटुक्क विवाह गरेकी हुन् । दिपेक्ष विक्रम ललितपुरका ल,बिम मलका व्यावस्पक हुन् ।

केही समयअघि ऋचाले बिहेको मिति आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । प्रेमका विषयमा नखुलेकी ऋचाले यसै वर्ष बिहे गर्ने बताउँदै आएकी थिइन्। केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्। उनको पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीलगायत सहभागी भएका थिए।

नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल तथा सफल उद्घोषकको रूपमा आफूलाई चिनाएकी ऋचा यतिबेला रियालिटी शो ‘कमेडी च्याम्पियनमा निर्णायकको भू’मिका को रुपमा खेल्दै आएकी छिन्।दुई वर्षयता राणासँग प्रेममा रहेकी उनले आफन्त र केही निकटका साथीहरुलाई विवाहमा निम्तो दिँदै दिएकी थिइन् ।

तर उपहार भने कसैले पनि नल्याउन आग्रह गरेकी थिइन् । एक्कासी शनिबार दिउसो मात्रै उनले श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी हुन् । ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्। (ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।) यी नै स्टेटसहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै ऋचाले आफ्नो विवाहको तस्विर सार्बजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्