Logo

द भोइस अफ नेपाल सिजन टु मा पुग्न सफल याङ्की योल्मोलाई सम्मान् ।


कलाखबर संवाददाता,१७,मंसिर,काठमाण्डौं । हाल सञ्चलान भई रहेको “द भोइस अफ नेपाल सिजन टु” मा पुग्न सफल याङ्की योल्मोलाई सम्मान गरिएको छ । दार्जिलिङ आलुबारी निवासी योल्मोलाई आफ्नो समुदायको पहिचान र ईज्जत कायम गरेको भन्दै मंगलबार सम्मान गरिएको हो । दुर्गम सेवा समाजको योल्मो,नेपाल ह्योल्मो समाज सेवा संघ,योल्मो काग्यू साङाग लाछोग र नेपाल ह्योल्मो महिला संघ आदिले संयुक्त रुपमा गायीका योल्मोलाई सम्मान गरेको हो ।

एक औपचारिक कार्यक्रमको बिच सम्मान गर्दै योल्मोलाई कदर तथा सम्मान पत्र प्रदा गरिएको छ । प्रमुख अतिथि तथा सिन्धुपाल्चोकका प्रमुख लामा आचार्य दावा साङबो योल्मोपाले याङकी योल्मो एक प्रतिभावान नारी भएको बताए । उनको योे द भोइस अफ नेपाल सिजन टु मा पुग्नु आफ्नो समुदायको लागि ठूलो उपब्धी र गौरब लागेको पनि उहाले बताउनु भयो ।

तर आफनै समुदाय भित्रको कसैले भने वास्तविक नाम र थरलाई बिगारेर भ्रम प्रचारबाजी गर्दै याङकीलाई असहयोग गरेकोमा भने उहाले दःख लागेको बताउनु भयो । सही नाममा याङ्कीलाई भोटिङ भएको भए फिनल्लीमा नै पुग्ने दावी गर्दै प्रमुख लामाले आगामी दिनमा अझै यसले झन हौसला बढाएको बताउनु भयो ।

कार्यक्रममा योल्मो समुदायका सबै उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै गायीका याङकी योल्मोले आफूलाई माया गरेर भोटिङ गर्ने सम्पूर्ण आफ्नो शुभचिन्तकहरुलाई धन्यबाद दिनुभयो । आफु द भोइस अफ नेपाल सिजन टु बाट बाहिरिनु परे पनि कुनै गुनासो नभएको बताउदै अब बल्ल आफ्नो करिअर सुरु भएको बताइन् ।

गीत संगीत क्षेत्रमा राम्रो वभिष्य भएको बताउदै अझै राम्रो गरेर आफनो समुदाय र देशको नाम उच्च राख्ने पनि उहाले बताइन् । बिशेष गरि आफूलाई सम्मान गर्ने बिभिन्न संघसंस्था र प्रमुख लामा आचार्य दावा साङबो योल्मोपा प्रति हार्दिक धन्यबाद दिन चाहेको पनि बताइन् ।

कार्यक्रममा बिरु स्याङपा योल्मोपा सभापति,योल्मो काग्यू साङाग लाछोगका सल्लाहकार लामा छिरिङ योल्मोपा विशेष अतिथि,तथा अन्य अतिहरुमा मुग्लानी अनलाइन खबरका प्रवन्ध निर्देशक दिल माया राणा र श्रध्देय लामा दावा साङबो योल्मोपा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्