Logo

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको विमोचन


 

कलाखबर संवाददाता,२२,कात्तिक–काठमाण्डौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको विमोचन गरिएको छ । लोकसत्ता मासिक बालकुमारी ललितपुरद्वारा राजधानी काठमाण्डौंको बानेश्वरमा आयोजित कार्यक्रममा पूर्व प्रधान मन्त्री तथा समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतित्थ्यमा सो पुस्तकको विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै डा. भट्टराईले राजनीति भनेको विचार अध्यन,अनुसन्धान,चिन्तन र विषय नभएर खाली आफ्नो स्वार्थ पुरा गर्ने एउटा माध्यम मात्र भएको बताउनु भयो । साथै उहाँले सट्टा प्राप्त गरेर सुःख भोग गर्दै आसेपासेलाई आफ्नो पकड्मा राख्ने फोहोरी खेल राजनीति भएको पनि बताए । यो परिवेशलाई चिर्दै यस्तो अवस्थामा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मेहिनतका साथ पुस्तक लेख्नु निकै प्रशंसनीय रहेको बताउनु भयो ।

यो पुस्तक आफूहरुको पार्टीको नयाँ मार्ग निर्देष गर्ने मुख्य सामाग्रीको रुपमा रहने पनि डा. भट्टराईले बताउनु भयो । पुस्तकमा खस बाहुन आदिबासी जनजाती मधेसी दलित भनेर जातीय विरोध गर्नु चाहीँ उचित नरहेको बताउदै यो गल्तिलाई आगामी दिनमा सच्चिने विश्वास पनि व्यक्त गर्नु भयो । पुस्तक लेखक उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नो राजनैतिक बैचारिक विचार र धारालाई नै मुख्य गरि आफ्नो पुस्तकमा समेतिएको बताउनु भयो ।

दलित महिला जनजाति आदीबासी र हुनेखाने बीचको भिन्नतालाई मुख्य विषय बस्तु बनाएर पुस्तकको सृजना गरिएको पनि मन्त्री यादवले बताए । सडकको पेटीमा सुत्ने मान्छे पनि नेपाली नागरिक नै भएको बताउदै यो समस्याको समाधान नभई सम्म समाजबादको अर्थ नै नखुल्ने उहाँको भनाई थियो । पुस्तकलाई प्राज्ञ तथा विभिन्न राजनैतिक विष्लेषकहरुले समिक्षा गरेका थिए ।

समाजबादी पार्टीका नेताहरु दिना नाथ शर्मा,अशोक राई,राजेन्द्र श्रेष्ठ,अमरेश नारायण झा,विजय कुमार यादव,पुष्प राज कर्निकार मुक्ति रिजाल तथा राजनीतिक विष्लेषक डा. सुरेन्द्र के.सी. लगायतले विष्लेषण गरेका थिए । डा. सुरेन्द्र के.सी.ले पुस्तक लेखक यादव फरक राजनीतिक मूलदारको व्यक्तित्व रहेको बताए । साथै उहाँले सौभाग्यले वा दुर्भाग्यले पटक पटक मन्त्री भएको ठट्टौली प्रशंग कोटयाउदै हसाएका पनि थिए ।

स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील र निकै व्यस्त जिम्मेवारी सम्हालेको व्यक्तिले पुस्तक लेख्नु चान्चुने कुरो नभएको बताउदै धन्यवाद ज्ञापन गर्नु भयो । कसैकसैले पढेलेखेका मान्छेलाई बौलाहा भन्छन् सौभाग्यले म पनि प्राज्ञ बन्न सफल भए भन्दा डा. भट्टराई मुसुमुसु हाँसेका थिए । मधेशमा उभिएर राष्ट्रको कुरा गर्ने यादव एकलो नेता भएको बताउदै डा.के.सी.ले उहाँको निकै प्रशंसा गरेका थिए ।

साथै मधेश आन्दोलनमा यादवको महत्वपूर्ण भूमिका रहेको बताउदै उनी बौद्धिक र विचार धाराको नेता भएको पनि के.सी.को भनाई थियो । समाजबादी पार्टीका वरिष्ठ नेता अशोक राईले पनि लेखक यादवको निकै प्रशंसा गरेका थिए । आफू र यादव सँसगै राजनीतिमा लागेको बताउदै संवेदनशील ओहडा सम्हालेको व्यक्तिले साहित्यकार भएर पुस्तक लेख्नु आश्चर्य नै भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्