Logo

चिनिया राष्ट्रपतिको भ्रमणलाई लक्षित गरि राजधानी काठमाण्डौंमा सुरक्षामा कडाँइ


राज कुमार राई
कलाखबर संवाददाता,२३,असोज–काठमाण्डौं । चिनिया राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल भ्रमणमा आउने भएको छ । त्यसलाई लक्षित गरि सरकारले अहिलेदेखि नै सुरक्षामा कडाँइ गर्न थालिएको छ । सरकारले चार तहका सुरक्षालाई बाहिर निकालेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार जिनपिङ नेपाल आउने जानकारी गराएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिकाहेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, राष्ट्रपति को सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले सी जिनपिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

राष्ट्रपतिको भ्रमण पक्का भएपछि अहिले राजधानी काठमाण्डौं दुलही शृङगारिए जस्तै चिल्लो र झिलिमिलि बनाएको छ । प्रत्येक बिजुलीको पोलपोलमा दुई देशका राष्ट्रपतिको तस्बिर सजाइएको छ । हतार हतारमा सडकका खाल्डाखुल्डी पुरेर चिल्लो बनाई अव्यवस्थित बिजुलीका तारहरु हटाईएको छ । ठाँउ ठाँउमा रुख बिरुवा रोपेर यतिखेर राजधानी काठमाण्डौं पुरै हरियाली बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्