Logo

‘छ माया छपक्कै’ पोस्टरमा दीपक र केकीको प्रेम जोडी देखिने


कलाखबर संवाददाता,९,असोज–काठमाण्डौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म हो ‘छ माया छपक्कै’ । फिल्म २४ असोजबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचारमा पनि तिव्रता ल्याएको छ । यसै क्रममा निर्माण युनिटले फिल्मको केही पोष्टर एकसाथ बाहिर ल्याएको छ ।

दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल लगायतका कलाकारको रोमान्टिक तस्बिर पोष्टरमा समेट्दै बाहिर ल्याएको हो । राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा बनेको फिल्मले ‘छक्का पन्जा’ भनदा फरक शैलीमा रहेको निर्माता कलाकार दीपकराज गिरीले बताए ।

दीपेन्द्र लामाको निर्देशन, दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ ।रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् ।

दीपकराज गिरीको पटकथा लेखन रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर संवाद तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्