Logo

वृहत कविता वाचन तथा संगित गजल कार्यक्रमको पूर्ण तयारी


रमिला तामाङ
कलाखबर संवाददाता,२६, भाद्र–काठमाण्डौं । राजधानी काठमाण्डौंमा वृहत कविता वाचन तथा संगित गजल कार्यक्रमको आयोजना हुने भएको छ । लिम्बुहरुको कला संस्कृति तथा पहिचान झल्काउने उद्देश्यले कविता तङ्सिङ्–२०७६ कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रमलाई थाकथुङ लेखक संङघ उपत्यका समितिले आयोजना गरेको छ भने सह आयोजकको रुपमा ज्ञानोदय वालवाटिका स्कुल र ललितपुर ईतर आवाज साहित्य समाज दक्षिण कोरिया रहेको छ ।

यहि आगामी भदौं महिनाको २८ गते शनिबार राष्ट्रिय नाँचघर जमलमा हुन लागेको कार्यक्रममा वरिष्ठ साहित्यकार बैराँगी काईलाको प्रमुख आतित्थ्यमा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित साहित्य पारखीहरुको बाग्लो उपस्थिति रहने भएको छ । कार्यक्रममा विभिन्न मीठक कविता गजलसँगै सांगितिक लहरी समेत पस्कने मुल आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्