Logo

युवा साहित्यकार प्रयास दुमी राईको नयाँ उपन्यास कृति शुक्रबार विमोचन


कलाखबर संवाददाता,२१,असार–काठमाण्डौं । साहित्यक स्रस्टा तथा युवा साहित्यकार प्रयास दुमी राईको उपन्यास ‘प्रान्जल’ शुक्रबार विमोचन भएको छ । अनामनगरको मण्डला नाट्यघरमा विमोचन भएको सो कार्यक्रममा दर्शकहरु निकै खचाखच थिए । सानै उमेरदेखि साहित्य जगतमा रमाउने राईको यो कृति भने पहिलो हो ।

मूलबाटो प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा कवि स्वप्निल स्मृति, प्रगती राई र प्रभात राइबाट उक्त उपन्यास विमोचन भएको थियो । कार्यक्रममा बोल्दै उक्त कार्यक्रमकी वक्ता कवि तथा आख्यानकार प्रगती राईले प्रयास दुमीलाई अघि सार्नुको कारण सानै उमेरमा २२ बर्ष उनले उपन्यास लेखेको र ऊ जस्तै युवाहरु साहित्यमा लाग्न सक्ने हेतु रहेको साथै उनलाई अगाडी ल्याउदा साहित्य र युवा दुवैलाई फाइदा पुग्ने गरेको बताइन ।

त्यसैगरी कवि स्वप्निल स्मृतिले पनि विश्वमा धेरैजसो २२ देखि ३० बर्षसम्मका युवायुवतीहरुले संसार हल्लाउने किसिमका उपन्यास लेख्ने, सिद्धान्तहरु प्रतिपादन गर्ने उर्जाशिल समय भएको कारण नेपालका लागि प्रयास त्यहि सम्भावना बोकेको युवाको रुपमा लिन सकिने बताएका थिए ।

कार्यक्रममा लेखकका आफन्तहरुलाई पनि देसल्ला ओडाइ सम्मान गरिएको थियो । प्रयासको उपन्यास वृत चित्रमा समेत उतारिएको छ । भब्य रुपमा सम्पन्न भएको सो कार्यक्रमलाई वच्चु हिमांशुले आर्कषक ढङङ्गबाट सञ्चलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्