Logo

खोटाङ साईनो कला केन्द्रको ब्यानर गीत सार्बजनिक ( भिडियो सहित )


कलाखबर संवाददाता ,१३, पौष–काठमाण्डौं । पूर्वीय नेपाल खोटाङ जील्लामा अवस्थित साईनो कलाकेन्द्रले आफ्नो व्यानर गीत सार्बजनिक गरेको छ । मेरो र उनको,उनको र हाम्रो सबैको चौतारी, एउटै हो लक्ष साईनो जोड्ने बनाउने फूलबारी आपसी माया पे्रम अनि राष्ट्र भावनाले ओतप्रोत गीतको कभर भिडियो बिहिबार सार्बजनिक गरिएको छ । भक्त विश्वकर्माको संगीत तथा साईनो कलाकेन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठको शब्द रहेको मार्मिक गीतलाई कुमार सिन्जाली मगरले ऐरेञ्ज गरेका हुन् ।

साहित्य स्रष्टा एवम् गीतकार प्रमोद श्रेष्ठको नेतृत्वमा खोटाङ जील्लाबाट यो गीत रेकर्ड गर्न कलाकार टोलीहरु राजधानी आएका हुन् । सोही अवसरमा यो भिडियो पनि निर्माण गरिएको हो । सानै उमेरदेखि सांगीतिक आकाँशमा रमाउने सपना बोकेका कलाकारहरु कुसुम आर्चाय ,प्रवृति राई, अमिता राई, सुस्मिता राई, केदार अनुराँगी, पर्शुराम गजमेर, तेज राई, युवराज राई, आदीले संयुक्त स्वर लहरी बढेका छन् । यो भिडियोलाई कला संगम मल्टि मिडिया र जेरुङ फिल्मस प्रोडक्सनले निर्माण गरेका हुन् ।

यो गीतमा यर्थाथ जीवनका उत्तरचढाब, आपसी माया प्रेम तथा प्रकृतिसँगको निकट आत्मिताको भाव झल्किएको छ । कतै हिमाल पहाडका कुरा त कतै असिना पसिनाका कुरा, कतै उकाली ओरालीका कुरा त कतै, आपसी माया प्रेम र निकट साईनोका कुरा यस गीतमा ब्यक्त गरिएको छ । गीतको मर्म र भावना हेर्दा सिधै तीन करोड नेपालीको मन छुने सम्भावना देखिन्छ ।

यति धेरै राम्रा प्रतिभाशा भाई बहिनीहरुको नेतृत्व गर्दै साईनो कला केन्द्रको सफल व्यानर गीत रेकर्ड गर्न पाउदा अत्यन्तै खुशी लागीको गीतकार प्रमोद श्रेष्ठले कलाखबरलाई बताउनु भयो । यो गीतबाट हामीले राम्रो आशा लिएकाछौं, अब निकट भविष्यमा संगै हातेमालो गर्दै हामी अगाडी बढ्नेछौं,श्रेष्ठले भन्नु भयो साईनो कला केन्द्रका कोषाध्यक्ष तथा गायीका कुसुम आचार्यले पहिलो चोटी सामुहिक रुपमा गीत रेकर्ड गर्न पाउदा अत्यन्तै खुशी महशुष भएको बताउनु भयो ।

सानैदेखि गीत गाउने जुन आफ्नो चाहालाई साईनो कला केन्द्रले पुरा गरिदिएको उहाँको भनाई थियो । प्रमोद श्रेष्ठको नेतुत्वमा राजधानी छिरेर आफ्नै गुरु भक्त विश्वकर्माको संगीतमा गीत गाउन पाउदा अत्यन्तै खुशी लागेको गायीका अमिता राईले बताउनु भयो । साईनो कला केन्द्रका अध्यक्ष प्रमोद दार्ईको पहल र हौसलाले नै आज यो क्षेत्रमा प्रवेश गर्न पाएको छु राईले भन्नु भयो । सुमधुर आवाजकी धनी नवदित गायीका प्रवृति राईले भन्नु भयो, यो गीतको कम्पोज साह्रै रामो लागेकोले यसबाट राम्रै सफल्ता पाउने आशामा छु ।

साईनो कला केन्द्रको माध्यमबाट पहिलो चोटी राजधानी छिर्ने मौका पाएको र गायीका बन्ने जुन आफ्नो सपना पनि पुरा भएको राईले बताईन् । खोटाङ जिल्ला जस्तो विकट ठाउँमा जन्मेर पनि राजधानी छिरेर गीत रेकर्ड गर्ने अवसर जुन साईनो कला केन्द्रले दिएकोमा साह्रै खुशी महशुष भएको पर्शराम गजमेरले बताउनु भयो । यसको सम्पूर्ण श्रेयकर्ता प्रमोद दाई हुनुहुन्छ, गजमेरले भन्नु भयो । जुन पहिलेदेखिको कलाकार बन्ने आफ्नो सपनालाई आज साकार भएको छ, उहाँले भन्नु भयो ।

आफू खोटाङ जिल्लामा जन्मेकी र आफ्नै गाउँको साईनो कला केन्द्रको जुन ब्यानर गीत गाउन पाउदा साह्रै खुशी लागेको चर्चित गायीका सुस्मिता राईले बताईन् । गीत संगीत सबैको मनको भारी बिसाउने एउटा चौतारी भएकोले यस क्षेत्रमा आउन मन लागेको नव गायक युव राजले बताउनु भयो । यो समग्रह गीतलाई कन्काईष्ट राईले प्रायोजन गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्