Logo

अब बिजली बस राजधानीमा गुड्ने


कलाखबर संवाददाता,७,कात्तीक–काठमाण्डौं साझा यातायातले नेपालमा ५ वटा विद्युतीय बस भित्र्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

केही समय अगाडि साझाले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं ल्याएको हो। एउटा आउने क्रममा बाटोमै रहेको साझा यातायातले जानकारी दिएको छ। बाँकी दुई आउने प्रक्रियामा छन्।

लुम्बिनी विकास कोष र एसियाली विकास बैंक ९एडिबी० बीच बस खरिदका लागि सम्झौता भए अनुरूप यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनुपूर्व बसलाई काठमाडौं उपत्यकाभित्र चलाउने गरी साझा यातायातले संयोजनको जिम्मा पाएको हो।

चालकसहित २० सिट क्षमताका यी बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

प्रतिक्रिया दिनुहोस्