Logo

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा हाँस्यब्यङग्य कलाकारहरुको वेजोड प्रस्तुति ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

असोज ६ काठमान्डौ,राजकुमार राई। हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाललले एक दशै विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । हाँस्यब्यङग्य कलाकारहरुको वेजोड प्रस्तुति ।सास्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री मुमित्रा थरुनीको प्रमुख आतित्थ्यमा
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सभापति रत्न बहादुर पुलामीको अध्यक्षतामा आयाृेजित सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा छिरिङ मिङग्यूर शेर्पा , असोक श्रेष्ठ, राजन लामा आदि रहेका थिए । प्रमख अतिथिले पानसमा दीप प्रजवन गरि कार्यक्रमको उदघाटन गरे पछि औपचारिक रुपमा कार्यक्रमलाइे अगाडी बढाएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठीट ब्यक्ति, कलाकार तथा पत्रकारलाई सम्मान समेत गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

राष्ट्रिय स्तरका कलाकारहरुको साथमा पूर्ण मनोरञ्जनका साथ कार्यक्रम लाई केन्द्रका महासचिब कृष्ण राना भातले सञ्चालन गरेका थिए । अब दशै लगतै फेरि पनि राष्ट्रीय स्तरको कार्यक्रमको आयोजना गर्ने अधक्ष्य रत्न बहादुर मगरको भनाई थियो । हरेक कला संस्कृतिको संरक्षण र संवर्धन गर्नु नै यस सस्थाको मुल उद्देश्य यस संस्थाको भएकोले अब हरेक चाडपर्व सबैको अवसरमा कार्यक्रम गर्ने समेत उहाले बताए । राष्ट्रिय स्तरका कलाकार हरुको प्रस्तुतिले पुरै हल रमणीय बनाएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

साथै प्रमुख अतिथिको हातबाट लोकसेलो गायक पासाङ लोपचनको यद्यान एल्वम समेत विमोचन गरिएको थियो । एल्बम विमोचन पछि गायक लोप्चनले एक दर्जन कोरस्हरुको साथमा वृहत प्रस्तुति दिएर रमाइलो माहोवल बनाएका थिए । बल्छी दुर्वे र राजु मास्टरले हास्यब्यङग्य प्रस्तुतिए दिएर आम दर्शकलाई पेत मिचिमिचि हसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्