विश्व कृतिमानी रक्ष कुमार राईको फेरि सबैलाई चकित पार्ने नयाँ कृतिमान

असोज,१५–काठमाण्डौं । नेपालका विश्व कृतिमानी रक्ष कुमार राईले पुनः सबैलाइै चकित पारेका छन् । धैरै वटा विधामा गिनिज बुकमा नाम लेखाई सकेका राईले फेरि वेबिक विस्व बिधालय घाना बाट ( डाक्टर )मानर्थ विधावरी मल्टिपल वल्ड रेकर्ड्समा उपाधी हात पारेका छन् । यो सँगै उनी नेपालको पहिलो अनोरेरी डाक्टरेट लिने सफल प्रतिभा शाली बनेका छन ।
अक्टोबर १ ,२०२३ मा जैपुर भारतको राजिस्थान इन्टरनेशनल सेन्टरमा आयोजित एक विशेष समारोहको बिच उनले थप दुई विश्व किर्तिमान समेत कायम गरेका छन । किङ्ग्स बुक अफ वर्ल्ड रेकर्डका साथै अयाक्स कुलिसिप वल्ड रेकर्ड्समा समेत छुट्टा छुट्टै बिधामा विस्व रेकर्ड्स कायम गरि सिङ्गो नेपालीहरुको शिर विश्व सामु उच्च पारेका छन । यो भन्दा अगाडि राईले ४ विश्व रेकर्ड्स बनाएको थिए ।
अब ६ किर्तिमान कायम भैसकेको छ । यो सिङ्गो देशकै लागि गौरवको बिषय बनेको छ । राई पुस्तक लेखन , खेलजगतमा समेत उत्तिकै अब्बल रहेका छन । मानर्थ बिद्यावारीको सम्मान धभददष्अ गलष्खभचकष्तथ घाना कै कुल पति डाक्टर फेलिक्स ओफ्सु ड्ज्यान बाट ग्रहण गरेका छन् । आगामी समय विश्व शान्ति र मानवतावादको निमित्त खर्चिने कुरा राईले बताएका छन् ।
मानार्थ डक्टरेट उपाधी प्राप्त गर्ने केही उल्लेखनीय व्यक्तिहरूमा संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, नोबेल शान्ति पुरस्कार विजेता मलाला, युसुफजाई, प्रख्यात लेखक टोनी मोरिसन, स्वर्गीय भौतिक शास्त्री र ब्रह्माण्डविद् स्टीफन हकिङ, मिडिया मोगल र परोपकारी ओप्रा विन्फ्रे, नेल्सन मण्डेला, लगायत रहेका छन् ।