Logo

सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण, आइसीयूमा उपचार हुदै


२२,असोज–काठमाण्डौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । उनलाई सोमबार राति सवा ९ बजेतिर जोरपाटीस्थित आफ्नै घर नजिक रड प्रहार गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ । गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए र उनले चिनेनन् । रड प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पु¥याइएका थिए ।

जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ । घटनाबारे प्रहरीको अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्