गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड बिजय
मंसिर, ८– गोरखा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट बिजय हुनु भएका छन् । १३ हजार भन्दा बढी मत सहित उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई दोब्बर बढी मतले पछि पार्दै प्रचण्डले जित हाशिल गरेका हुन् ।
प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् । यहाँ अब्दुस दोस्रो हुने ठानिएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए । उनी बाम गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।