Logo

यो बर्षको मनसुन बाहिरिन सुरु,अब देशका केही ठाउँमा तीन दिन मात्र पानी पर्ने


२१,असोज–काठमाण्डौं । यस वर्षको मनसुन बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ । केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ ।

अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ । मनसुन देशैभरि फैलिन भने अर्काे एक हप्ता लागेको थियो । अब दसैँसँगै मनसुन पनि बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्