प्रदेश नं १ को बजेट ल्याउने तयारी,२४ गते अधिवेशन आह्वान
जेष्ठ,१९,कलाखबर–काठमाण्डौं । प्रदेश नं १ ले बजेट ल्याउने तयारी गरेको छ । त्यसको तयारी रुवरुप प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको हो ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उनले बताए । कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि
ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो । कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।