साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याएको सुपथ मूल्य बजारप्रति वरिष्ठ समाजसेवी प्रकाश रायमाझीद्वारा खुशी व्यक्त
१८,असोज–काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसनले ठाउँ ठाउँमा सञ्चालनमा ल्याएको सुपथ मूल्य बजारले गर्दा जनताले राहत महशुस गरेको भन्दै वरिष्ठ समाजसेवी तथा राजनीतिक बिश्लेषक प्रकाश रायमाझीले खुशी व्यक्त गरेका छन् । अहिले दशैको मुखमा जताततै कालोबाजारी र ठगीबाट आम नागरिक आजित भएको बेला साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सरकारले खुलाएको सौलियत बजार जस्तै गरि सुपथ मूल्यमा खाद्यन्न समान उपलब्ध गराउदा जनतालाई निकै राहत महशुस भएको रायमाझीले बताएका छन् ।
बजारमा अखाद्य सामग्री र मूल्य स्थिर नभएको अवस्थामा गुणस्तरीय खाद्यान्न र सुपथ मूल्यमा उपभोक्ताहरुले राहत पाउन सकुन भन्ने उद्देश्यले कागेश्वरी मनोरा वडा नम्बर ९ अर्जुन कम्प्लेक्समा पनि साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल गत असोज १५ गतेदेखि सञ्चालनमा ल्याएको उहाले जानकारी गराएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्ताहरूलाई सुपथ मूल्य र गुणस्तरीय खाद्य सामग्री बिक्री गर्न सधैँ तत्परता जनाई रहने सिइओ उर्मिला श्रेष्ठले प्रतिबद्धता जनाएको रायमाझीले कलाखबरलाई बताएका छन् । घना बस्तीमा यो पसल सञ्चालनमा आएपछी उपभोक्ताहरूले पनि राम्रै सुविधा पाउने रायमाझीको भनाई रहेको छ । यसबाट पनि केही मात्रामा भएपनि महँगीको मारबाट जनतालाई राहत हुने अपेक्षा लिएको वरिष्ठ समाजसेवी प्रकाश रायमाझीले बताएका छन् ।