लामो समय पछि नेप्से परिसुचक उच्च अंकले बृद्धि हुदा सबै सेक्टर हरियाली,लगानी कर्तामा उत्साह

१५, असोज– काठमाडौं । लामो समयको अन्तराल पछि मंगलबार सेयर बजार उच्च अंकले बृद्धि भएको छ । यस दिन नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ । सबै परिसूचक उच्च अंकले बृद्धि भएर सबै सेक्टर हरियाली हुँदा लागानी कर्तामा उत्साह छाएको छ ।
आजको अन्तिम सम्मको बजारको परिणामले अब लगानी कर्तामा पनि मनोबल बढेको छ । उच्च अंकले बजार बृद्धि भएसँगै आज कारोबार रकम भोलुम पनि बढेको छ । आज कारोबार रकम सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए । मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ ।