गायीका अञ्जु पन्तले कसिन लगनगाँठो,धुमधामले मण्डलीमा विवाह सम्पन्न
१२,फागुण,–काठमाण्डौं । धेरै समयदेखि यता सामाजिक सञ्जाल तथा मिडियामा फैलिदै आएको हल्लालाई यर्थामा परिणत गर्दै आज गायीका अन्जु पन्तले लगनगाँठो कसेकी छन् । उनले ख्रिष्चियन धर्मअनुसार मन्डलीमा प्रेमी थिर कोइरालासँग बिवाह गरेकी हुन् ।अहिले अन्जुलाई बिहवाको शुभकामना दिनेको ओइरो लागेको छ ।
अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।
अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।
अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।