Logo

फेरि एक अर्ब पाँच करोड बराबरको दोस्रो ठूलो शेयर आउदै


२२,माघ काठमाण्डौं । निफ्राको पछि फेरि दोस्रो ठूलो शेयर निष्काषण हुने भएको छ । एक अर्ब पाँच करोड बराबरको दोस्रो ठुलो शेयर साहस उर्जा कम्पनीले निष्काषण गर्न लागेको हो । साहस उर्जाले कम्पनीले शेयर निष्काषणको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काषणको अनुमति मागेको छ ।

कम्पनीको मागलाई धित्तोविकास बोर्डले पनि पास गरिसकेको छ । कम्पनिको शेयर मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि निष्कासन हुने छ । कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ ।

परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।कम्पनीको शेयर निष्काषण तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले कुनै मिति तय नगरे पनि छिट्टै शेयर निष्काषण हुने बुझिएको छ । अहिले शेयर बजारमा निकै चासो बढ्न थालिएको छ । करिब २५ लाख भन्दा माथि लगानीकर्ता पुगी सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्